स्थानीय तह उपनिर्वाचन: आजबाट दल दर्ता

मंसिर १६ गते हुने स्थानीय तह सदस्य उपनिर्वाचनका लागि निर्वाचन आयोगले आजदेखि दल दर्ता गर्ने भएको छ ।

आयोगले आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूलाई नेपालको संविधानको धारा २१७ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४ बमोजिम आजदेखि असोज १६ गतेसम्म कार्यालय समयभित्र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची १२ बमोजिमको ढाँचामा निर्वाचन आयोगको कार्यालयमा दल दर्ताका लागि निवेदन दिन आग्रह गरेको छ ।
आयोगले आगामी मंसिर १६ गते ३९ रिक्त पदमा उपनिर्वाचन गर्दैछ । १६ गते समन्वय समिति प्रमुख २, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ३, वडा अध्यक्ष ९ रहेका छन् । यस्तै, नगरपालिका प्रमुख १, उपप्रमुख १ र नगर वडा अध्यक्ष २१ वडाध्यक्षको निर्वाच

मुख्य समाचार राजनीति समाचार