३१ वर्षपछि कुलेखानी भरिएर ढोका खोलियो

बिगत ३ दिन देखिको अविरल वर्षाका कारण जलाधार क्षेत्रमा परेको पानीले मकवानपुरको इन्द्रसरोवर २ मा रहेको कुलेखानी जलाशयको २ वटा ढोका खोलिएको छ। ३१ वर्ष पछि जलाशयमा क्षमता अनुसार पानी भरिएपछि  शनिबार बिहान ५ बजेदेखि ड्यामको दक्षिण तर्फ रहेको २ वटा ढोका खोलिएको छ ।

अविरल वर्षाका कारण कुलेखानी ड्याम भरिएको र गएराती देखि साइरनसहित ओभरफ्लो भएको थियो । आज बिहान ढोका खोलिएको कुलेखानी जलविद्युत् आयोजना प्रथमका प्रमुख तारादत्त भट्टले प्रष्टखबरलाई जनाएका छन्। हाल प्रती मिनेट ३०० क्युसेक पानी खोलिएको र आवश्यकता अनुसार पानी खोलिदै जाने प्रमुख भट्टले भने

यता प्रशासनले कुलेखानी ड्याम भरिएकाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सर्तक अपनाउन मकवानपुर प्रशासन कार्यालयले शुक्रबार बेलुका नै सूचना जारी गर्दै अनुरोध गरेको थियो ।पानी भरिएर २०५० सालमा यसरीनै कुलेखानीको ढोका खोलिएको थियो।

 

Screenshot_20240928_07403-1727488546.jpg
मुख्य समाचार समाचार समाज स्थानीय