कान्तिलोकपथ अन्तर्गत बगुवा पुल बाढिले भत्कायो

कान्तिलोकपथ अन्तर्गत मकवानपुर र ललितपुरको सिमाना रहेको बगुवा पुलमा बाढीले क्षती पुगेको छ ।

विगत दुई दिन देखिको अविरल वर्षाका कारण आएको बाढीले बगुवा (बागमती) पुलको केही भागमा क्षती पुगेको जनाइएको छ । मकवानपुरको भिमफेदि-८ महादेवटार तर्फको भागमा क्षती पुर्याएको भिमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाले जानकारी दिएका छन्। तत्काल गाडी चल्ने संभावना नरहेको पालिका अध्यक्ष लामाले प्रष्ट खबरलाई जानकारी दिएका छन्।  यता इलाका प्रहरी कार्यालय ठिङ्गनले पुल भत्किएको जानकारी आएको तर  भिमफेदी-८ गगटेमा पहिरो खसेकोले जान नसक्ने बताएका छन्। पुल भत्किदा मकवानपुर र ललितपुरबिचको  यातायात सम्पर्क टुटेको छ।

मुख्य समाचार समाचार समाज स्थानीय