सिस्नेरिमा दुई दर्जन घर डुब्यो,केही बेपत्ताको आशंका

अविरल वर्षाका कारण आएको बाढीले इन्द्रसरोवर गाउँपालिका-३ सिस्नेरी बजार सहित ३० वटा घरटहरा डुबानमा परेको र केही घरहरु बगाएको खबर प्राप्त भएको छ ।

स्थानीयहरुले जनाए अनुसार सिस्नेरी प्रहरी चौकी र दुई दर्जन घर डुबेको र केही घर बगाएको जनाएका छन्।यद्यपि प्रहरीले यस बारे पुष्टि गरिसकेको छैन्।बाटो पहिरोले अवरुद्ध बनेको र पुग्न सहज नभएकोले यकिन गर्न नसकिएको मकवानपुरका एसपी सिताराम रिजालले  जनाएका छन् । बाढीका कारण इन्द्रसरोवर गाउँपालिका–२ खानीखेतस्थित २८ घर डुबानमा परेक र गाउँपालिका वडा नम्बर ३ मा ५ जना बालबालिका बेपत्ता भएको खबर प्राप्त भएको छ।यस बारे जानकारी नआइसकेको प्रहरीले जनाएको छ। घटनास्थलमा प्रहरी र जनप्रतिनिधि पुगेने क्रममा रहेको वडा नम्बर ३ का वडा सदस्य  वसन्त थापा मगरले बताएका छन्।  कुलेखानीमा पानीको बहाव बढेपछि २ वटा ढोका खोल्दा सिमखोलामा पानी बढ्या यो घटना भएको अनुमान गरिएको छ।

मुख्य समाचार समाचार समाज स्थानीय