हेटौंडा ४ र ५ बाट दुई दर्जन बढीको उद्दार

विगत ३ दिनदेखि अविरल वर्षाका कारण खहरे र खोल्सीमा पानीको बहाव बढ्दा हेटौंडा वडा नम्बर ४ र ५ का विभिन्न स्थान डुबानमा परेको छ।

हेटौंडा ४ को गर्दोइ, हेटौंडा ५ को पिप्ले, शान्तिनगर डुबान परेको छ। प्रहरी र नगर प्रहरीले हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ कर्रामा रहेको हेटौँडा खानेपानी व्यवस्थापन बोर्डको पम्प हाउसमा फसेका पम्प संचालक कर्मचारी र उनका परिवारका सदस्यहरुलाई उद्धार गरिएको छ भने यता वडा प्रहरीको टोलीले शान्तिनगर, गोर्डन एरियाबाट २० जना भन्दा बढीको उद्धार गरेको हो। खोल्सी र खहरेमा बढेको पानीको बहावले नगर क्षेत्रका विभिन्न स्थान डुबानमा परेको छ।

मुख्य समाचार समाचार समाज स्थानीय