बकैयामा १२ घर उच्च जोखिममा

अविरल वर्षाका कारण बकैयामा १२ घर उच्च जोखिममा परेका छन् ।

बकैया गाउँपालिका – १० घट्टेखोला नजिकै रहेका १२ वटा घर बाढीका कारण उच्च जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

बागमती खोलाको पानीको बाहाव बढेको कारण सिंगो गाउँ नै जोखिममा परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

त्यस्तै बागमती खोलाको पुल बाढीले भत्काएको छ । कान्तिलोकपथ सडकखण्ड अन्तरगत भीमफेदी गाउँपालिका ८ मा पर्ने बागमती खोलाको पुलको मकवानपुर जिल्ला तर्फको मुखमा बाढीले १० मिटर बाटो बगाएको छ ।

प्रहरीका अनुसार सोही स्थानमा सामान राख्नको लागि बनाइएको १० फिट लामो जस्ताको छानो भएको टहरोमा समेत बाढीले पूर्ण रुपमा क्षति पुर्याएको प्रहरीको भनाई छ ।

मकवानपुरमा बाढी पहिरोले जनधनको क्षति पुर्याइरहेको छ ।

मुख्य समाचार समाचार समाज