पहिरोमा परेर मकवानपुरका ६ जना विद्यार्थी बेपत्ता

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्वर ३, टेकरस्थित बत्सला माध्यमिक विद्यालयमा अध्ययनरत ६ जना विद्यार्थी पहिरोमा परी बेपत्ता भएका छन् ।

अविरल वर्षाका कारण गएराति माथिबाट खसेको पहिरोमा परी ६ जना बेपत्ता भएको प्रहरी चौकी सिस्नेरीले जनाएको छ ।

प्रहरीका अनुसार, उक्त विद्यालयको एन्फा एकेडेमिका अन्दाजी ४० जना विद्यार्थीहरु होस्टेलमा बस्दै आएका थिए । तीमध्ये हाल नाम, थर नखुलेका ६ जना विद्यार्थीहरु बसिरहेको होस्टेलबाट सुरक्षित स्थानतर्फ जाने क्रममा अचानक माथिबाट पहिरो आई बेपत्ता भएका हुन् ।

उनीहरुको स्थानीय प्रहरीले उद्दार कार्य गरिरहेको र थप उद्दारको लागि इलाका प्रहरी कार्यालय भीमफेदीको टोली घटनास्थल तर्फ जाँदै गरेको जनाइएको छ ।

उक्त स्थान प्रहरी चौकी सिस्नेरीबाट अन्दाजी २ किलोमिटर पश्चिमतर्फ र इलाका प्रहरी कार्यालय भीमफेदीबाट अन्दाजी २५ किलोमिटर पूर्वतर्फ पर्दछ ।

मुख्य समाचार समाचार समाज स्थानीय