सिस्नेरिमा ज्यान गुमाएका ३ खेलाडीको शव हेटौँडा ल्याइयो

हेटौंडा । असोज १२ गते मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ सिस्नेरी पहिरोमा परि मृत्यु भएका एन्फा एकेडेमीका ६ जना खेलाडी मध्य तीनजनाको शव हेटौंडा ल्याइएकाे छ ।

सोमबार बिहान नेपाली सेनाको हेलिकप्टर मार्फत हेटौंडा ल्याईएकोमा शव यति बेला  मकवानपुर जिल्ला फुटबल संघले हेटौंडाको हुप्रचौरमा श्रद्धाञ्जलीका लागि राखेको छ।

हेटौँडा १२ का अनुपम घलान,मकवानपुरगढी ४ का साइमन योन्जन र बारा निजगढ ८ का विकल रेग्मीको शव  श्रद्धाञ्जलीका लागि राखिएको हो।  एन्फा एकेडेमीमा आवसीय प्रशिक्षण लिइरहेका ४० मध्य ६ जनालाई पहिराेले पुरेको थियो । ६ जनाको शव शनिबार साँझ सेनाको हेलिकोप्टर मार्फत पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको थियो। घलना जिसस मकवानपुरका सभापति ललित बहादुर घलानका सुपुत्र हुन्।

मुख्य समाचार समाचार समाज