हेटौंडा भएर बिहीरिने र भित्रिने तीन मार्ग खुले

बिहीबार र शुक्रबारको अविरल वर्षासँगै खसेको पहिरोले अवरुद्ध बनाएर संघीय राजधानीसंग यातायात सम्पर्क टुटेको मकवानपुरको पुनः सम्पर्क जोडिएको छ।

काठमाडौँ जोड्ने आधा दर्जन सडकमध्ये मकवानपुरको हेटौँडा-काठमाडौँ र हेटौँडा-धरान चतरा जोड्ने तीन वटा सडक सञ्चालन आएको छ। खस्को पहिरो पन्छाएर त्रिभुवन राजपथ अन्तर्गत मकवानपुर र धादिङको नौबीसे खण्डम खण्ड, धरानमा सडकखण्ड अन्तर्गत सिन्धुली सदरमुकामसम्मको सडक संचालनमा आएको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक ठाकुर प्रसाद सापकोटाले जानकारी दिएका छन् ।यस्तै त्रिभुवन लोकपथ भएर भैसे-चित्लाङ-चन्द्रागिरि-काठमाडौँ जाने सडक आइतबार साँझबाट एकतर्फी रूपमा सञ्चालनमा आएको छ।फाखेल-हुमाने, सिस्नेरि दक्षिणकाली सडकखण्ड र कान्तिलोकपथ तत्काल आउने सम्भावना नरहेको जनाइएको छ।कान्तिलोकपथ अन्तर्गत मकवानपुरको भिमफेदी-८ महादेवटार तर्फ बगुवा (बागमती) नदीमा निर्माण भएको पुलको २५ प्रतिशत भाग बगाएकोले तत्काल संचालनमा आउने सम्भावना नरहेको हो।

मुख्य समाचार समाचार समाज