काभ्रे र धादिङका सिडिओ मन्त्रालय तानिए

गृह मन्त्रालयले दुई जिल्लाका प्रमुख जिल्ला अधिकारी  सिडिओहरूको सरुवा गरेको छ । मन्त्रालयले काभ्रेपलाञ्चोक र धादिङका सिडिओहरू परिवर्तन गरेको हो। सरुवा भएको ३ महिना नबित्दै दुई जिल्लामा प्रजिअको सरुवा गरेको हो ।

मन्त्रालयले काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी सूर्य प्रसाद सेडाईलाई गृह मन्त्रालयमा सरुवा गर्दै सेडाईको स्थानमा मन्त्रालयका उमेश ढकाललाई पठाएको छ भने धादिङका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेलाई पनि गृह मन्त्रालयमा झिकाएर पाण्डेको ठाउँमा मन्त्रालयका सुमन घिमिरेलाई पठाएको छ। पाण्डे र सेढाई दुवै यस अघिका मकवानपुरका सिडिओ हुन।पाण्डे सिराह हुदा र सेढाई खोटाङ हुदा विवादमा परेका सिडिओ हुन्।

मुख्य समाचार राजनीति समाचार