कान्तिलोकपथ तत्काल संचालनमा आउने सम्भावना कम

असोज ११ र १२ गतेको पहिरोले भत्किएको कान्तिलोकपथ तत्काल संचालनमा आउने संभावना नरहेको जनाइएको छ।

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जन, बागमती प्रदेशका प्रहरी प्रमुख डीआईजी कृष्ण हरि शर्मा , मकवानपुर प्रहरी प्रमुख एसपी विश्वराज खड्का र सडकका इन्जिनियर नेतृत्वको टोलीले, नेपाली सेनाको टोलीले संयुक्त रुपमा मंगलबार पहिरोग्रस्त सडकको स्थलगत अवलोकन गरेपछि प्राविधिक टोलीले लोकपथ तत्काल बन्ने र संचालनमा ल्याउने सम्भावन कम रहेको जनाइएको छ।

असोज ११ र १२ गते आएको अविरल वर्षाले लोकपथको मकवानपुर तर्फको विभिन्न भागमा क्षती पुर्याउनुका साथै मकवानपुर र ललितपुर जोड्ने बागमती नदीमाथि बनेको पुलको मकवानपुर तर्कको  ५० मिटर भाग बगाएको छ।क्षतविक्षत सडकको स्थलगत अवलोकन पछि मन्त्री लामिछानेले हेटौँडाबाट भीमफेदी गाउँपालिका-८ स्थित ललितपुर जिल्लालाई जोड्ने बागमती पुल नजिकसम्म जसोतसो पुग्न सकिएपनी डेढ दर्जन स्थानमा पहिरो झरेको र पहिरो झरेको जोखिमपूर्ण दुई–तीन स्थानमा नेपाली सेनाले काम गरिरहेको बताए। सडकको अवस्था हेर्दा तत्काल सडक सञ्चालनमा सकिने अवस्था नरहेको मन्त्री लामिछाने बताएका छन् ।

निरीक्षण टोलीमा रहेको मकवानपुरका प्रहरी प्रमुख एसपी विश्व खड्काले प्रष्टखबर कुरा गर्दै बागमती पुलको मकवानपुर तर्फको भाग बगाएको खोलाले साबिकको ठाउँ परिवर्तन गरी बाढी आएकोले तत्काल मर्मत गर्न सक्ने अवस्था नरहेको बताए। सो  पहिरोले कुलेखानी सिस्नेरी सडकखण्ड फाखेल-हुमाने सडकखण्डमा समेत क्षती पुगेको छ। कुलेखानी सिस्नेरी सडकखण्डको १ दर्जन बढी स्थानमा सडक र कल्भट बगाएको छ।

 

मुख्य समाचार समाचार समाज