सुगम विमानस्थल बिहान ४:३० बजेदेखि खुला हुने

काठमाडौंसहित मुख्य सुगम विमानस्थल अब बिहान ४:३० बजेदेखि खुला हुने भएका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार, यो नियम भोलि घटस्थापनादेखि पुर्णिमासम्म लागू हुनेछ । यो नियमअनुसार उपकरणको सहायताबाट उडान सेवा हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौं, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, भद्रपुर, विराटनगर, जनकपुर, नेपालगञ्ज र धनगढी रहेका छन् ।

अरु दिनमा आन्तरिक उडान राति १० बजेसम्म हुने गरेकोमा बाढीपहिरोपछि आइतबार यता आन्तरिक उडान राति २ बजेसम्म भइरहेका छन् ।

मुख्य समाचार समाचार समाज