मकवानपुरगढीमा खोलाले बगाउदा गोमाको मृत्यु

मकवानपुरगढीमा खोलाले बगाउदा एक महिलाको ज्यान गएको छ।

बुधबार बिहान  मकवानपुरगढी गाउँपालिका वडा नम्बर – ५मा  रहेको ज्यामिरे खोलाले बगाउँदा मकवानपुरगढी – ५ सिमलटार बस्ने ६४ वर्षीया गोमा कुमारी दमाईको ज्यान गएको जनाइएको छ । खोलाले बगाएकी उनको शव सामरी खोलामा भेटिएको मकवानपुर प्रहरीले जनाएको छ । शव पोस्टमार्टमका लागि हेटौंडा अस्पतालमा ल्याइएको जनाइएको हो ।

 

मुख्य समाचार समाचार समाज स्थानीय