चित्लाङ,थानकोट सडकखण्डमा शुक्रबार बिहानसम्म आवतजावतमा रोक

त्रिभुवन राजपथ सडकखण्ड अन्तर्गतको (चित्लाङ,थानकोट हुदै काठमाण्डौ तर्फ) आवत जावतमा रोक लगाइएको छ।

जल तथा मौसम बिज्ञान बिभाग मौसम पुर्वाअनुमान माहाशाखाले २ दिन भारी बर्षा हुन सक्ने भनी सुचना जारी भएको हुदा उक्त मार्गमा हुने सक्ने जोखिमलाई मध्य नजर गरी मकवानपुर जिल्ला अन्तर्गतको त्रिभुवन राजपथ सडकखण्ड अन्तर्गतको (चित्लाङ,थानकोट हुदै काठमाण्डौ तर्फ) आवत जावतमा रोक लागाइएको हो।एक साता अघिको पहिरोले मकवानपुरके सिस्नेरी-दक्षिणकाली, कुलेखानी – फाखेल, कान्तिलोकपथ भत्काएपछि उक्त छोटो मार्ग भएर साना सवारी र मोटरसाइकल संचालन हुदै आएको थियो।

उक्त सडकखण्ड अप्ठयारो र चिप्लो समेत भएकोले पानी पर्दा हुन सक्ने संभावित दुर्घटनाको दृष्टीकोणलाई मध्येनजर गरी बिहीबार रातिबाट शुक्रबार बिहान सम्मका लागि उक्त सडकखण्डमा चल्ने सम्पुर्ण सवारी साधनलाई आवत जावतमा निषेध गरीएको मकवानपुरका प्रहरी प्रमुख एसपी विश्वराज खड्काले जनाएका छन्।

मुख्य समाचार समाचार समाज