राप्रपामा विभाग प्रमुखहरुको जिम्मेवारी हेरफेर

राप्रपामा विभाग प्रमुखहरुको जिम्मेवारी हेरफेर गरिएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधानअनुसार विभागको जिम्मेवारी हेरफेर र मनोनयन गरेका हुन् ।
हेरफेरका क्रममा संगठन विभाग प्रमुखमा वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङलाई ल्याइएको छ भने स्थानीय तह परिचालन विभागको प्रमुखमा वरिष्ठ नेता उपाध्यक्ष धुव्रबहादुर प्रधान तोकिएका छन् ।
राजनीतिक विभागको प्रमुखमा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, पर्यटन विभागको प्रमुखमा सहायक महामन्त्री बिजय खड्का, विपद व्यवस्थापन विभागको प्रमुखमा केन्द्रीय सदस्य उद्धब थापा, सुचना प्रविधि विभाग (आइटी) को प्रमुखमा केन्द्रीय सदस्य उद्धवराज भेटुवाल र लेखा समितिको प्रमुखको जिम्मेवारी केन्द्रीय सदस्य केदार न्यौपानेलाई जिम्मेवारी दिइएको पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

मुख्य समाचार राजनीति समाचार