बागमतीको प्रतिष्ठान उपकुलपति ज्ञवालीद्वारा सपथ ग्रहण,

बागमती प्रदेशको मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानको उपकुलपतिमा डाक्६र प्रदिप ज्ञवालीले आज सपथग्रहण गरेका छन् ।

आज प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले ज्ञवालीलाई सपथग्रहण गराए । कार्यक्रममा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री, मन्त्रीहरु, सचिबहरु लगायतकाको उपस्थिती रहेको थियो । बुधबार बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले उपकुलपतिमा ज्ञवालीलाई नियुक्त गर्ने निर्णय गरेको थियो। एमालेका तर्फबाट ज्ञवालीलाई नियुक्त गरिएको हो ।

पहिले उपकुलपति रहेका प्राध्यापक डाक्टर विश्वराज जोशीको पदावधि सकिएपछी लामो समय देखि प्रतिष्ठानमा उपकुलपति नियुक्त हुन सकेको थिएन । तर, बुधबार प्रदेशका मख्यमन्त्री बहादुर सिंह लामाको अध्यक्षतामा भएको बैठकले ज्ञवालीलाई नियुक्तको निर्णय गरेको हो ।

यसैगरी आजै सपथग्रहण लगतै मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानको रजिस्ट्रारमा भिमसागर गुरागाई र संयोजकमा चिरञ्जीवी चुडाल नियुक्त भएका छन् । आज बिहान मात्र उपकुलपतिमा सपथग्रहण गरेका ज्ञवालीले रजिष्टार र संयोजकको नियुक्त गरेका हुन् । उपकुलपतिले रजिस्ट्रार गुरागाई र संयोजक चुडाललाई सपथ गराए ।

मुख्य समाचार समाचार समाज स्वास्थ्य