हिमाल महिला सहकारीको साधारणसभा सम्पन्न

मकवानपुरगढी ३ मक्राञ्चीमा रहेकाे हिमाल महिला बहुउद्देश्यीय सहकारी संस्थाकाे २६ आै वार्षिक साधारणसभा शुक्रवार सम्पन्न भएकाे छ ।

मकवानपुरगढी ३ का वडा अध्यक्ष भागवत घिमिरेकाे प्रमुख आतिथ्यता एवम संस्थाकि अध्यक्ष जानकी दाहालकाे सभाध्यक्षतामा साधारणसभा भएकाे हाे ।

साधारणसभामा संस्था अध्यक्ष दाहालले संस्थागत प्रतिवेदन , लेखा समिति सदस्य शुभेक्षा दाहालले लेखा समितिकाे प्रतिवेदन र ब्यवस्थापक शुभद्रा घिमिरेले अाव ०८१/०८२ काे अनुमानित आयब्यय विवरण पेश गरेका थिए ।

साधारणसभामा उत्कृष्ट शेयर सदस्यहरुलाई पुरस्कृत णी गरिएको थियाे । उत्कृष्ट ऋणी तर्फ भीमकुमारी चाैलागाई, काईलीमाया घलान, असली बचतकर्ता मुना घाेरसाईनी , बाल बचतकर्ता शुभद्रा चाैलागाई, प्राप्ती घिमिरे, विपन्न बर्गका विधार्थी, पाठापाठी साटासाटमा उत्कृष्ट काम गर्ने सदस्यरुलाई समेत पुरस्कृत गरिएको थियाे ।

साधारणसभामा मकवानपुरगढी ४ का वडा अध्यक्ष बखान सिह पाख्रिन, ३ का वडा सदस्य विदुर हुमागाई , मकवानपुरगढी गाउँपालिका सहकारी शाखा प्रमुख सूर्य बहादुर गुरुङ , मकवानपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघ अध्यक्ष रामहरि न्याैपाने, मनकामना दुग्ध उत्पादक सहकारी संस्था अध्यक्ष अर्जुन प्रसाद दाहाल, जागरण सहकारीका अध्यक्ष शत्रुघन दुलाल, सिर्जनशिल समाज सहकारीका अध्यक्ष कृष्ण विडारी, धमिले कृषि सहकारीका सचिव केदार पुडासैनी, रानी सामुदायिक वनका अध्यक्ष विष्णुप्रसाद न्या‌पाने, चुच्चेखाेला सामुदायिक वनका अध्यक्ष लक्ष्मण कटुवाल, भानु माविका अध्यक्ष खिल प्रसाद चाैलागाई, सल्लाहकार शाेभिता पाेखरेल, कृष्णप्रसाद पाेखरेल लगायतकाे आतिथ्यता रहेकाे थियाे ।

मकवानपुरगढी गाउँपालिकाे वडा नं १,२,३, र ४ कार्यक्षेत्र रहेकाे सहकारीमा १ हजार ३९९ शेयर सदस्यहरु आवद्व रहेका छन ।

सहकारीकाे शेयर पूजी ३१ लाख ९० हजार निक्षेप ४ कराेड ६६ लाख र कर्जा लगानी ५ कराेड ६२ लाख रहेकाे छ ।

मुख्य समाचार समाचार समाज स्थानीय