आज दशैंको टीका, उत्तम साइत बिहान ११ बजेर ३६ मिनेटमा

बडादशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतिक जमरा लगाइँदै छ ।
यस वर्षको दशैंको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सूचना जारी गर्दै  बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जन गरिने जनाएको छ ।
टीका लगाइमाग्ने व्यक्तिले पूर्व फर्किनुपर्ने समितिले जनाएको छ । असोज ३० गते कोजाग्रत पूर्णिमादेखि दशैं सकिने छ ।

मुख्य समाचार समाचार समाज