मुलुकमा स्थायित्व, सुशासन र समृद्धिको कामना: राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीको अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन् ।
शुभकामना सन्देशमा उनले आसुरी प्रवृत्तिमाथि सत्यको विजयको प्रतीक महान् चाड विजया दशमीको दिनमा नवदुर्गा भवानीको प्रसाद टीका, जमरा र आशीर्वाद मान्यजनबाट ग्रहण गर्ने उल्लेख गर्दै दशैंको अवसरमा मुलुकमा स्थायित्व, सुशासन र समृद्धिको कामना गरेका हुन् ।
उनले राष्ट्रको कल्याणका लागि दुर्गा भवानीसँग प्रार्थना गर्दै मुलुकमा स्थायित्व, सुशासन र समृद्धिको कामना गरेका छन् ।

मुख्य समाचार राजनीति समाचार