तिहारको बिदाका कारण आजदेखि धेरैजसो सरकारी अस्पतालको ओपीडी सेवा बन्द

तिहार बिदाका कारण सबैजसो सरकारी अस्पतालहरुमा ओपीडी सेवा बन्द भएको छ । आजदेखि १९ गतेसम्म तिहार बिदा रहेकोले सबैजसो ठूला अस्पतालहरुमा ओपीडी सेवा बन्द भएको हो ।

केही अस्पतालले ओपीडी सेवालाई आधा समय घटाएर सञ्चालन गरिरहेका छन् । काठमाण्डौका वीर, त्रिवी शिक्षण अस्पताल, कान्ति अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, पाटन अस्पताल लगायतमा आजदेखि १९ गतेसम्म ओपीडी सेवा बन्द रहनेछ ।

थापाथलीमा रहेको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा भने भोलि र सोमवार आधा समय ओपीडी सेवा खुल्ला रहने अस्पतालले जनाएको छ । शनिवार र आइतवार भने ओपीडी पुरै बन्द हुनेछ ।

स्वास्थ्य मन्त्रालयले सार्वजनिक बिदामा समेत ओपीडी सेवा नियमित गर्न भन्दै नयाँ क्यालेन्डर सार्वजनिक गरेको थियो । जसमा दशै तिहारको बिदामा भने ओपीडी सेवा सञ्चालन गर्नुपर्ने व्यवस्था छैन ।

पर्व, जात्रा, सार्वजनिक दिवस, जयन्ती लगायत २४ दिनको सार्वजनिक बिदामा भने ओपीडी सेवा सञ्चालन हुँदै आएको छ ।

मुख्य समाचार समाचार समाज