सुनको मूल्य घट्यो

आज सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलामा एक हजार रुपैयाँले घटेर तोलाको एक लाख ६५ हजार रुपैयाँमा कारोबार भएको छ ।

यसअघि आइतबार सुन तोलाको एक लाख ६६ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँले घटेर तोलाको १९५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

अर्थ समाचार समाज