धुलिखेलमा मिल्क एनालाईजर संचालन तथा मर्मत तालिम शुरु

धुलिखेल- काभ्रेपलान्चोक जिल्लाको सदरमुकाम धुलिखेलमा मिल्क एनालाईजर संचालन तथा मर्मत तालिम शुरु भएको छ ।

राष्ट्रिय दुग्ध विकास बोर्डको आर्थिक सहयोग तथा केन्द्रिय दुग्ध सहकारी संघ लि. नेपालको आयोजनामा तालिम संचालन गरिएको हो ।

तालिमको उद्घाटन धुलिखेल नगरपालिकाका उपप्रमुख एवम् उद्घाटन सत्रका प्रमुख अतिथि निरन्जन जंगमले गर्नुभएको थियो । कार्यक्रममा धुलिखेल नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष एवम् काभ्रे जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष तथा केन्द्रिय दुग्ध सहकारी संघका पुर्व संचालक सदस्य नारायण बडाल , केन्द्रिय दुग्ध सहकारी संघका लेखा समिति सदस्य शिव कोइराला लगायतको उपस्थिति रहेको थियो ।

केन्द्रिय दुग्ध सहकारी संघका वरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद सापकोटाको सभाध्यक्षतामा भएको उद्घाटन सत्रको संचालन केन्द्रिय संघका महासचिव राम आचार्यले गर्नुभएको थियो ।


तालिममा काभ्रे , ललितपुर , सिन्धुली र सिन्धुपाल्चोक जिल्लाका गरी दुग्ध सहकारी संस्थामा कार्यरत करिब ३० जना कर्मचारीहरुको सहभागिता रहेकोे छ भने तालिमको प्रशिक्षण गोविन्द शर्मा तिमल्सिनाले गर्नुहुनेछ । तालिम यहि कार्तिक २९ गतेसम्म संचालन हुनेछ ।

मुख्य समाचार मुख्य समाचार (flash news) विज्ञान प्रविधि समाचार सहकारी