रवि लामिछानेलाई बयानका लागि आज काठमाडौं ल्याइने

सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बयानका लागि मंगलबार काठमाडौं ल्याइने भएको छ ।
उनलाई काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत हिनामिना प्रकरण अनुसन्धानका लागि काठमाडौं ल्याइने भएको हो ।
हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका उनलाई सहकारी ठगीसहित तीनवटा अभियोगमा अनुसन्धानका क्रममा काठमाडौंमा बयान लिइने छ ।
कास्की जिल्ला अदालतले आइतबार थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । उनलाई बयान गराएर फेरि पोखरामै फर्काइने छ ।

मुख्य समाचार राजनीति समाचार