बागमती खेलकुद विकास परिषद सदस्यमा ४ जना नियुक्त

बागमती  प्रदेश खेलकुद विकास परिषद्को सदस्यमा चारजना नियुक्त भएका छन्। सोमबार बसेको बागमती प्रदेशको मन्त्रिपरिषद् बैठकले दुई महिलासहित चारजनालाई परिषद्को सदस्यमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिएका छन्।

बैठकको निर्णयअनुसार परिषद्को सदस्यमा ललितपुरका रवि महर्जन, मकवानपुरका संगीत श्रेष्ठ, चितवनकी नविना खनियाँ र रामेछापकी कल्पना खड्कालाई नियुक्त गरिएको प्रवक्ता लामिछानेले बताएका छन्।मन्त्री लामिछानेले एक जना सदस्यको कार्यावधि बाँकी रहेकाले हाललाई चारजनाको नियुक्त गरिएको जनाएका छन्।

खेलकुद मुख्य समाचार समाचार समाज