हेटौंडा-१२ स्थानीय तह उपनिर्वाचनमा हालसम्म ३४.५ प्रतिशत मतदान

हेटौंडा-१२ मा भइरहेको स्थानीय तह उपनिर्वाचनमा मतदान जारी रहेको छ । मतदान अन्तरगत दिउँसो ११:३० बजेसम्म ३४.५ प्रतिशत मतदान भएको हो ।
दुई मतदान केन्द्रमा गरि २ हजार ७ सय ८१ जनाले मतदान गरेका छन् । प्रतिभा आधारभुत विद्यालय मतदान केन्द्र सिग्रनीमा ६९५ पुरूष र ७६२ महिला गरि १४ सय ९५ जनाले मतदान गरेका छन् ।

त्यस्तै, बिष्णुज्योति आधारभूत विद्यालय भोर्ले मतदान केन्द्रमा ६ सय ४३ पुरूष र ६ सय ४३ महिला गरि १२ सय ८६ जनाले मतदान गरेका छन् । यो वडामा ८ हजार ५३ मतदाता रहेका छन् ।

मतदान गर्ने क्रम साँझ ५ बजेसम्म जारी रहने छ ।

मुख्य समाचार राजनीति समाचार समाज