काठमाडौँको मतगणना आजै बेलुकाबाट सुरु हुने

उपनिर्वाचन अन्तर्गत काठमाडौँका स्थानीय तहहरूको मतगणना आजै बेलुकाबाट सुरु हुने भएको छ । काठमाडौँमा कीर्तिपुर नगरपालिकासहित वडा नम्बर १ र ४ तथा काठमाडौँ महानगरपालिका वडा नम्बर १६ मा उपनिर्वाचन अन्तर्गत मतदान भएको छ ।

बेलुका ५ बजेसम्म मतदानको समय तोकिएकाले त्यसपछि मतपेटिका सङ्कलन गरी सर्वदलीय बैठकमा सहमति जुटाएर आजै बेलुकाबाट मतगणना सुरु गर्ने तयारी रहेको निर्वाचन आयोगले जनाएको छ ।

‘मतदान सकिएपछि प्रक्रिया पुर्‍याएर आजै बेलुकाबाट काठमाडौँको मतगणना सुरु हुन्छ’, काठमाडौँका निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईले भने, ‘जतिसक्दो चाँडो नतिजा दिने प्रयासमा छौँ ।’

 

मुख्य समाचार राजनीति समाचार समाज