सकियो हेटौंडा १२ उपनिर्वाचनको मतदान, ६८ प्रतिशत मत खस्यो

स्थानीय तह उपनिर्वाचन अन्तर्गत हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ मा अध्यक्ष पदको लागि जारी मतदान सकिएको छ ।

बिहान ७ बजे बाट सुरुभएको मतदान साँझ ५ बजे सकिएको हो ।

दुई वटा मतदान स्थलको ९ वटा मतदान केन्द्रमा ५ हजार ४ सय ८५ जनाले अर्थात ६८ प्रतिशातले मतदान गरेका छन् । वडामा ८ हजार ५३ मतदाता रहेका थिए ।

मुख्य समाचार राजनीति समाचार समाज