हेटौंडाको सगरमाथा सहकारीले बचतकर्ताको रकम फिर्ता गर्न आनाकानी गर्ने गरेको गुनासो

हेटौंडा-४ पारिजातपथमा रहेको सगरमाथा बचत तथा ऋण सहकारी सस्थाले केहीवर्ष यता सदस्यको बचत रकम झिक्न खोज्दा नदिने गरेको बचतकर्ताले गुनासो गरेका छन् ।

‘३ लाख रुपैंया आफ्नो बचत रकम झिक्न झन्डै एक वर्ष लाग्यो, त्यो पनि रकम झिक्न जाँदा ठुलो रकम सेवासुविधाको नाममा काट्यो, ठुलै लफडा परेपछी मात्र बल्लबल्ल रकम फिर्ता गर्यो,’ हेटौंडा-२ का एक बचतकर्ताले गुनासो गरे ।

सहकारीका पदाधिकारी र कर्मचारीले ठुलो रकम ऋण झिकेको र उक्त ऋण चुक्ता नगरी बसेको समेत पाईएको छ । सहकारीको रकम व्यवस्थापक,अध्यक्षलगायतले मनलाग्दी प्रयोग गर्ने गरेको तर बचतकर्ताको बचत भने नदिने गरेको सहकारीका बचतकर्ताको गुनासो छ ।
सहकारीमा जम्मा गरेको बचत निकाल्न जाँदा सदस्यमाथि दुर्व्यवहार समेत हुने गरेको केही सदस्यहरुको गुनासो छ । ‘आफुलाई परेको बेला काम लाग्छ भनेर बचत गर्ने गरिन्छ तर यो सहकारीले पैसा छैन भनेर रकम फिर्ता गर्दैन, सहकारीको अवस्था नाजुक रहेको बुझेको छु,’ हेटौंडा-४ का अर्का एक बचतकर्ताले गुनासो गरे ।

सहकारी ऐन विपरित सबै प्रक्रिया नापुग्याई संचालक समितिले ठुलो रकम ऋण लिगेर अन्यत्र लगानी गरेको, फजुल खर्च देखाएर एकै परिवारका सदस्य मिलेर सहकारीको रकम हिनामिना पारेकोलगायत आरोप बचतकर्ताले गर्ने गरेका छन् ।

उता सहकारीले भने बचतकर्ताको रकम बढीमा ३-४ दिन भित्र फिर्ता गर्ने गरेको दावी गरेको छ । समयावधि बाकी रहेका सदस्यहरुको बाहेक अन्यको हकमा सहकारीले रकम फिर्ता सजिलै गर्ने गरेको सस्थाले जनाएको छ ।-hetaudakhabar

मुख्य समाचार राजनीति समाचार समाज स्थानीय