हेटौंडा-१२: नेपाली कांग्रेसका तिवारी विजयी

हेटौंडा-१२ मा अध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद तिवारी विजयी भएका छन् ।

कुल खसेको ५ हजार ४८४ मत खसेकोमध्ये ७८ बदर भएको छ । तिवारी ५०३ मतले विजयी भएका हुन् । नेकपा माओवादी केन्द्रका रबिन कुमार प्रधानले १ हजार ५ सय ६० मत ल्याएका छन् । नेकपा एमालेका राजेश नगरकोटीले १ हजार ३९८ ल्याएका छन् ।

यस्तो छ परिणाम
अर्जुन प्रसाद तिवारी (नेपाली कांग्रेस) – २०६३
राजेश नगरकोटी (नेकपा एमाले) – १३९८
रबिनकुमार प्रधान (माओवादी केन्द्र) – १५६०
आशाविर बल (राष्ट्रिय स्वतन्त्र पार्टी) – ८३
प्रेम बहादुर भोलन (राप्रपा) – १७८
छविलाल वाइवा (जसपा नेपाल) – १०
बलराम बल (नेकपा एकीकृत समाजवादी) – ७३
फुल माया तितुङ्ग (नेमकिपा) – १
दीपा लामा (मंगोल नेशनल अर्गनाइजेशन) – ३२
चापाकल – २
लसुन – ०
मिलाएको हात – ४

मुख्य समाचार राजनीति समाचार समाज