नवनिर्वाचित वडाध्यक्ष तिवारीले लिए शपथ

हेटौंडा उपमहानगरपालिका वडा नम्वर १२ का नवनिर्वाचित वडाध्यक्ष अर्जुन प्रसाद तिवारीले शपथ लिएका छन् । उनलाई हेटौंडा उपमहानगरपालिकाको प्रमुख मीनाकुमारी लामाले शपथ ग्रहण गराएकी हुन् ।

नवनिर्वाचित वडाध्यक्ष तिवारीले सोमबार उपमहानगरपालिकामा आयोजित एक कार्यक्रमबीच पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् । शपथ ग्रहणपश्चात अध्यक्ष तिवारीले वडाबासीको हितका लागि सदैव काम गर्ने दृढता व्यक्त गरे ।

मंसिर १६ गते सम्पन्न उपनिर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दिएका तिवारी २ हजार ६३ मत प्राप्त गर्दै १२ नं. को वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

शपथ ग्रहण कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलान, प्रमुख निर्वाचन अधिकृत अवानी मैनाली भट्टराई, नगर उपप्रमुख राजेश बानियाँ, निर्वाचन अधिकृत हरि ढकाल लगायत अन्य वडाका वडाध्यक्षहरुको सहभागिता रहेको थियो ।

मुख्य समाचार राजनीति समाचार समाज