चेतनशिल दुग्ध उत्पादक सहकारी संस्थाको साधारणसभा सम्पन्न


२२ मंसिर मकवानपुर- हेटौंडा उपमहानगरपालिका वडा नं १७ हटिया चिसापानीमा रहेको चेतनशिल दुग्ध उत्पादक सहकारी संस्थाको २८ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।

साधारणसभामा बागमती प्रदेशका सहकारी तथा गरिवि निवारण मन्त्रालयका माननिय मन्त्री मदु कुमार श्रेष्ठको प्रमुख आतिथ्यता रहेकोे थियो । प्रमुख अतिथि मन्त्री श्रेष्ठले पानसमा बत्ती बालेर कार्यक्रम उदघाटन गर्नु भएको थियो ।

भेलामा बागमति प्रदेश सहकारी बिकास बोर्डका कार्यकारी उपाध्यक्ष नारायण प्रसाद देवकोटाको विशिष्ठ आतिथ्यता रहेको थियो । त्यसैगरी कार्यक्रममा मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष हरि प्रसाद कडेल, हेटौंडा उपमहानगरपालिका वडा नं १७ का वडा अध्यक्ष उद्धव सत्याल, वडा नं १६ का वडा अध्यक्ष रामकृष्ण कोईराला, संस्थाका निवर्तमान अध्यक्ष महेश बजगाई, पुर्व अध्यक्ष तथा सल्लाहकार कृष्ण प्रसाद सापकोटा लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

साधारणसभाकै अवसर पारी दुग्ध उत्पादन तर्फ उत्त्कृष्ट १० जना सदस्य किसानहरुलाई सम्मान गरिएको छ । दलित , जनजाति, महिला, गुणस्तर दुध बिक्री गर्ने, सर-सफाई, दिनांक र गोठको सर सफाईमा प्रथम हुनेलाई पुरस्कृत गरिएको छ । त्यस्तै सामान खरीद तर्फ प्रथम, द्धितिय, तृतिय, पशुआहार खरीद तर्फ प्रथम तथा पशुऔषधि खरिद तर्फ प्रथम हुने सदस्यहरूलाई पनि पुरस्कार वितरण गरिएको छ ।
संस्थाका अध्यक्ष महेश ढकालको सभाध्यक्षमा साधारणसभा सम्पन्न भएको हो ।

८१३ जना शेयर सदस्य रहेको यस संस्थाले आर्थिक वर्ष २०८०/०८१ मा विभिन्न कृषकहरुबाट १० करोड ७६ लाख ८० हजार रुपैयाँको दुध खरिद गरेको छ भने ११ करोड ३६ लाख ७१ हजारको दुध बिक्री गरेको संस्थाका व्यवस्थापक दिपक ढकालले जानकारी दिनुभएको छ ।

अर्थ मुख्य समाचार सहकारी