मकवानपुरमा छुट्टा छुट्टै दुर्घटना :दुईजनाको मृत्यु

हेटौंडामा गए राति भएको छुट्टा छुट्टै दुर्घटना दुई जनाको मृत्यु भएको छ।मंगलबार राति पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा १९ बस्तिपुरममा अटोको ठक्करबाट मनहरी ७ रमनटार बस्ने ४२ वर्षीय मनोज लामाको ज्यान गएको हो ।

बाटोमा हिडिरहेका उनलाई बागमती प्रदेश ०३ ००१ ह ०२५१ नम्बरको अटोले ठक्कर दिएको हो । गम्भीर घाइते लामाको उपचारको क्रममा मृत्यु भएको जनाइएको छ। ठक्कर दिने अटो तथा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

त्यसैगरी पूर्व पश्चिम राजमार्ग अन्तर्गत मनहरी ६ चौकिटोलमा बसको ठक्करबाट  पहिचान नखुलेको एक पैदल यात्रीको मृत्यु भएको छ। वीरगंजबाट काठमाडौं जादै गरेको बागमती प्रदेश ०१-००६ ख ५५२४ नम्बरको बसले ठक्कर दिँदा उक्त घटना भएको मकवानपुर प्रहरीले जनाएको छ । उनको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको जनाइएको छ।

मुख्य समाचार समाचार समाज