सर्वोच्चद्वारा रास्वपाका नेताहरूसँग लिखित जवाफ माग

सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा) का नेताहरूसँग लिखित जवाफ माग गर्ने आदेश छ ।
न्यायाधीशद्वय विनोद शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासले मंगलबार रास्वपाका नेताहरूसँग लिखित जवाफ माग गर्ने आदेश गरेको हो ।
अनुसन्धानको चरणमा रहेका रास्वपाका अध्यक्ष रवि लामिछानेको विषयलाई जोडेर अदालतको अवहेलना हुने गरी सार्वजनिकरूपमा अभिव्यक्ति दिएको उल्लेख गर्दै अधिवक्ता अनुपम भट्टराईले सर्वोच्च अदालतमा अदालतको अवहेलनासम्बन्धी निवेदन दायर गरेका थिए ।

मुख्य समाचार राजनीति समाचार