पत्रकार महासंघ पर्वतमा सापकोटा बने सर्वसम्मत अध्यक्ष

पर्वत : नेपाल पत्रकार महासंघ पर्वत शाखाको सातौँ अधिवेशनबाट लक्ष्मीप्रसाद सापकोटाको अध्यक्षतामा सम्पूर्ण कार्यसमिति नै सर्वसम्मत रूपमा चयन भएको छ।

उपाध्यक्षमा सङ्गीता के।सी बानिया, महिला उपाध्यक्षमा रञ्जना खत्री क्षेत्री, सचिवमा साजन परियार, समावेशी सहसचिवमा विष्णु सापकोटा गौतम, सहसचिवमा राजन पौडेल, कोषाध्यक्षमा दिपेश विक निर्विरोध भएका हुन्।

यस्तै सदस्यहरूमा सङ्गीता केसी, रमा सुवेदी, इन्द्रकुमार विकल्प, सन्तोष पराजुली, मिना पराजुली, मुनाकुमारी लामिछाने, विकासराज पौडेल, गीता कुमारी शर्मा चयन भएका छन्। केन्द्रीय परिषद् सदस्यमा सरस्वती शर्मा ‘जिज्ञासु’ र कृष्णबहादुर अखेली तथा प्रदेश परिषद् सदस्यमा बिसन क्षेत्री र डिलबहादुर विक चयन भएका छन्।

प्रेस युनियन र प्रेस चौतारीले संयुक्त ‘प्यानल’ बनाएर निर्वाचनमा उम्मेदवारी दिएका थिए।

मुख्य समाचार राजनीति समाचार