मकवानपुरगढी पत्रकार समाजकाे प्रथम अधिवेशन, तिमल्सिनाको अध्यक्षतामा समिति चयन


मक्रान्चुली- मकवानपुरगढीमा बसोबास गर्ने पत्रकारहरूको साझा संस्था मकवानपुरगढी पत्रकार समाजकाे प्रथम अधिवेशनबाट रेवतीप्रसाद तिमल्सिना (नवीन) अध्यक्षमा सर्वसम्मत चयन भएका छन् ।

गाउँपालिकाको केन्द्र मक्राञ्चुलीमा बिहीवार भएकाे प्रथम अधिवेशनले तिमल्सिनाकाे नेतृत्वमा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेकाे हाे ।

समाजकाे उपाध्यक्षमा मनाेज देवकाेटा, सचिवमा श्रीराम दहाल अर्जुन, काेषाध्यक्षमा अशाेक बजगाईं, सहसचिवमा भुवन घलान (साेमलाल) चयन भएका छन् । त्यस्तै समाजको सदस्यहरूमा सञ्जिव सुनार, अञ्जना तामाङ न्यासुर, आँचल घिमिरे (तिमल्सिना) र सुमिना चाैलागाईं चयन भएका छन् ।

नवनिर्वाचित अध्यक्ष तिमल्सिना मकवानपुरमा रहेर एक दशक भन्दा लामाे समयदेखि पत्रकारितामा सक्रिय रहेका छन् । मकवानपुरगढीमा छापा सञ्चार माध्यमसमेत सञ्चालन गरिरहेका उनी अनलाइनखबर डटकमकाे मकवानपुर संवाददाता र हेटाैंडाकाे साझाकुरा दैनिकमा कार्यरत् समेत रहेका छन् ।

मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दाेर्जे लामा स्याङ्तानकाे प्रमुख आतिथ्यता तथा समाजका अध्यक्ष सरिता दाहालकाे सभाध्यक्षतामा भएकाे अधिवेशनमा गाउँपालिकाका निवर्तमान अध्यक्ष बिदुर हुमागाईं, उपाध्यक्ष मानकुमारी नेपाली पाख्रिन, ३ नम्बर वडाका वडाध्यक्ष भागवत घिमिरे, २ नम्बर वडाका वडाध्यक्ष बखान सिं पाख्रिन, यसैगरी ४ नम्बर वडाका वडाध्यक्ष अर्जुन तिमल्सिना लगायतकाे आतिथ्यता रहेकाे थियाे ।

कार्यक्रममा आफ्ना धारणा राख्दै गाउँपालिका अध्यक्ष स्याङ्तानले समाजसँग सहकार्य गरेर अगाडि बढ्ने बताउँदै गाउँपालिकाकाे समग्र विकासमा पत्रकारहरूकाे महत्वपूर्ण साथ चाहेकाे बताउनुभएको थियो । उहाँले मकवानपुरगढीका पत्रकारहरूले गरेको सहयाेगकाे खुलेर प्रशंसा समेत गर्नुभयो ।


त्यस्तौ कार्यक्रममा गाउँपालिकाका निवर्तमान अध्यक्ष विदुर हुमागाईंले पत्रकारहरूकाे साझा संस्थाकाे रूपमा रहेकाे याे समाजबाट स्थानीय सरकारले धेरै अपेक्षा राख्ने बताउँदै राम्राे पक्षमा साथ दिने र कमिकमजाेरी देखिए सचेत गराउनेसम्मकाे भूमिका निर्वाह गर्न पत्रकारहरूलाई आग्रह गर्नुभयो ।

२०७७ पुसमा स्थापित मकवानपुरगढी पत्रकार समाजमा करिब करिब ४० जना पत्रकारहरू आबद्द रहेका छन् । मकवानपुरमा पत्रकार महासंघ जिल्ला समितिपछि पत्रकारहरूकाे साझा संस्थाकाे रूपमा गठित याे समाज दाेस्राे हाे । हालै सम्पन्न पत्रकार महासंघकाे निर्वाचनमा बागमती प्रदेश उपाध्यक्ष, जिल्लाका उपाध्यक्ष, दुई जना सहसचिव, दुई जना कार्यसमिति सदस्य, केन्द्रीय परिषद् सदस्य र प्रदेश परिषद् सदस्यमा गरि कुल ८ जना निर्वाचित भएका थिए ।

महासंघमा निर्वाचित ८ जनालाई स्वागत सम्मान :

यसैबीच २८ मंसिर २०८१ मा भएकाे पत्रकार महासंघकाे केन्द्र, प्रदेश र जिल्ला समितिकाे नि्वाचनबाट निर्वाचित ८ जना समाजका सदस्यहरूलाई स्वागत सम्मान तथा बधाई ज्ञापन गरिएकाे छ ।


पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्षमा निर्वाचित हरि हुमागाईं, जिल्ला उपाध्यक्षमा निर्वाचित ध्रुव अधिकारी, सहसचिव शिव वियाेगी चाैलागाईं र सन्नु रिजाल, कार्यसमिति सदस्य श्रीराम दहाल अर्जुन र सञ्जिव सुनार, केन्द्रीय परिषद् सदस्य सुजन विडारी र प्रदेश परिषद् सदस्यमा निर्वाचित बलराम पुडासैनीलाई अध्यक्ष स्याङ्तान, निवर्तमान अध्यक्ष हुमागाईं, उपाध्यक्ष पाख्रिनलगायतले प्रमाण पत्रसहित खादा, टीका लगाएर सम्मान तथा बधाई ज्ञापन गरेका गर्नुभएको थियो ।

मुख्य समाचार समाचार समाज स्थानीय