चीनमा भूकम्पबाट १२६ जनाको मृत्यु

चीनको तिब्बत क्षेत्रमा पर्ने सिजाङ प्रान्तको सिगात्सेमा गएको भूकम्पमा परेर हालसम्म १२६ जनाको मृत्यु भएको छ ।

मंगलबार ७ म्याग्निच्युडको भूकम्प गएको थियो । सो भूकम्पमा परेर मृत्यु हुनेको संख्या १२६ पुगेको हो ।

भूकम्पले भौतिक संरचनाहरु भत्किएका छन् । भग्नावशेषमा कोही पुरिएको हुनुसक्ने अनुमानमा भूकम्प प्रभावित क्षेत्रमा खोज तथा उद्धार जारी रहेको जनाइएको छ ।

भूकम्प नेपाली समय अनुसार मंगलबार बिहान ६ बजेर ५० मिनेटमा गएको थियो । उक्त भूकम्प नेपाल, भारत र बंगलादेशमा पनि धक्का महसुस भएको थियो ।

तिब्बतमा नेपालीहरु पनि छन् । तर, नेपालीहरु हताहतीको सूचना नरहेको अधिकारीहरुले बताएका छन् ।

चीनका राष्ट्रपति सी जि

मुख्य समाचार समाचार