आशिका तामाङलाई ५ दिन म्याद थप

हेटौंडा । आफुलाई अभियन्ताको रूपमा प्रस्तुत गर्ने आशिका तामाङलाई हिरासतमा राख्न अदालतबाट ५ दिन म्याद थप गरेको छ ।

अभद्र व्यवहारसम्बन्धी मुद्दामा पक्राउ परेकी उनलाई अनुसन्धान गर्न प्रहरीले अदालतबाट बुधबार ५ दिनको म्याद पाएकाे हो । तामाङलाई जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट अभद्र व्यवहार मुद्दाको शिलशिलामा जारी गरिएको पक्राउ पुर्जीका आधारमा प्रहरीले बुधबार दिउँसो स्वयम्भुबाट पक्राउ गरेको थियाे । उनलाई महानगरीय प्रहरी बृत्त गौशालामा राखिएकाे छ । केही दिनअघि पशुपतिनाथ मन्दिर परिसरमा तैनाथ प्रहरी अधिकारीहरूमाथि जथाभावी बोल्दै दुर्व्यवहार गरेकी थिइन् ।

समाचार