मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका वडा न ३ मक्रान्चुलीमा रहेको टावरडाँडा खानेपानी उपभोक्ता समितिको अध्यक्षमा पुनः शत्रुघन दुलाल चयन हुनुभएको छ ।
शनिवार सम्पन्न भएको खानेपानी समितिको दोस्रो साधारणसभाबाट दुलालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ ।
९ सदस्यीय समितिको उपाध्यक्षमा नेत्र प्रसाद चौलागाईं , सचीवमा शान्त प्रसाद दहाल , कोषाध्यक्षमा सम्झना थिङ चयन हुनुभएको छ । त्यसैगरी समितिको सदस्यहरुमा बलराम भट्टराई , शर्मिला अर्याल , रमाकुमारी तिमल्सिना , रामेश्वर घिमिरे र अनिल दहाल चयन हुनुभएको छ ।
त्यस्तै ३ सदस्यीय लेखासमितिको संयोजकमा शिवराम न्यौपाने तथा सदस्यहरुमा गोविन्द देवकोटा र सरिता चौलागाईं चयन हुनुभएको छ ।
खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ बागमती प्रदेशका अध्यक्ष बद्री प्रसाद देवकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको साधारणसभा समितिका अध्यक्ष शत्रुघन दुलालको अध्यक्षतामा सम्पन्न भएको थियो ।
भेलामा मकवानपुरगढी गाउँपालिका वडा न ३ का वडा अध्यक्ष भागवत घिमिरेको विशेष आतिथ्यता रहेको थियो ।