मकवानपुरका २१० वटा सामुदायिक वनमा डढेलो नियन्त्रणका लागि स्वयम् सेवक परिचालन

हेटौंडा । मकवानपुरका २१० वटा सामुदायिक वनमा डढेलो नियन्त्रणका लागि स्वयम् सेवक परिचालन गरिएको छ । सुख्खायाम बढेसंगै डढेलो लाग्न थालेका छन् । त्यसको नियन्त्रणका लागि प्रत्यक सामुदायिक वनमा स्वयंसेवकहरु परिचालन गरिएको छ ।

आगलागीका घटना न्यूनीकरण गर्न स्वयम्सेवक क्रियाशील बनेका छन् । मकवानपुरमा बर्सेनी हुने आगलागी तथा डढेलोको घटनालाई निवारणका लागि स्वयम् सेवक खटिएका हुन् । डिभिजन वन कार्यालय मकवानपुर मार्फत स्थानीय तह, वडा तथा सामुदायिक वनसम्म पुगेर सचेतना सुरु भएको हो । स्वयमंसेवक, डिभिजन वन कार्यालय र सामुदायिक वन समितिको सक्रियतामा सचेतनासँगै अग्नीरेखा निर्माण र नियन्त्रित डढेलोको काम सुरु गरिएको डिभिजन वन कार्यालय मकवानपुरका योजना अधिकृत तथा डढेलो नियन्त्रण कार्यका फोकल पर्सन हेम कुमार पाठकले बताए ।

यस डिभिजन कार्यालय अन्तरगत रहेका २१० वटा सामुदायिक वनमा डढेलो लाग्ने कामको सुरुवात देखिनै यसलाई न्यूनीकरण गर्ने अभियानमा लागिएको उनले बताए । यस वर्षको यो अवधि सम्म अहिले सम्म यहाँका सामुदायिक वनमा आगलागीको घटनाका बारेमा आफुहरुकहाँ जानकारी नआएको योजना अधिकृत पाठकले बताए । उनले भने –‘वनका उपभोक्ताहरुलाई पन्चवर्षे कार्ययोजना बनाएर काम कागरेका छौं । डढेलोको पूर्व तयारीका लागि उपभोक्ता र डिभिजन वन कार्यलय र स्थानीय तहले काम गर्दै छन् । अग्नीरेखाहरु पनि बनाइरहेको छ । नियन्त्रीत डढेलो लगाउने काम गरिरहेको छ ।’

 

अहिले धेरैजसो वनहरुमा वन हेरालुहरु राखिएको छ । सामुदायिक वनहरुले चार मनिाका लागि डढेलो नियन्त्रणका लागि कर्मचारी राखेका पनि केही सामुदायिक वनहरुले राखेको उनले बताए । सामुदायिक वनले अग्नी नियन्त्रण सामाग्री खरिद गरेर काम सुरु गर्न लागिएको बताउँदै उनले भने–‘डिभिजन वन कार्यालय मकवानपुरले पनि अग्नी नियन्त्रण सामाग्री खरिद गरेर नेपाली सेना, नेपाल प्रहरी, ससस्त्र प्रहरी समेतको सहयोगमा काम गर्नेगरी तयारी थालिएको छ । सकेसम्म डढेलो लाग्ने कामलाई न्यूनीकरणका लागि हामीहरु तयारी हालतमा छौं ।’

डिभिजन वन कार्यालय मकवानपुरका अनुसार वन डढेलो लगाएमा वन ऐन २०७६ अनुसार विगो असुल गरी ६० हजार जरिवाना र तीन वर्ष कैदको व्यवस्था छ । वनलाई जिविकोपार्जनमा जोड्नसके वन जोगिने सामुदायिक वन उपभोक्ता महासङ्घका पदाधिकारीहरु बताउँछन्।

 

समाचार