मन्थली – रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा मिल्क एनालाईजर संचालन तथा मर्मत तालिम बुधबार शुरु भएको छ ।
तालिमको उद्घाटन मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठको प्रमुख आतिथ्यता तथा रामेछाप डेरी उद्योग प्रालिका संचालक किशोर पौडेलको सभाध्यक्षतामा गरिएको हो ।
तालिम उद्घाटन कार्यक्रममा रामेछापमा नै प्रथम दुग्ध संकलक मुकुन्द कडेरिया, मन्थली दुग्ध सहकारीका अध्यक्ष ध्रुव थापा, नेपाल पत्रकार महासंघ रामेछाप जिल्ला सभापति दिपक घिमिरे , तालिमका प्रशिक्षक गोविन्द शर्मा तिमल्सिना, सहकारीकर्मीहरु प्रज्ञान खड्का, प्रमोद श्रेष्ठ लगायतकाको आतिथ्यता रहेको थियो ।
उद्घाटन कार्यक्रमको संचालन नेपाल डेरी एसोसिएशन बागमती प्रदेश समितिका सदस्य समेत रहनु भएका चिरञ्जीवी डेरी उद्योगका संचालक एवम् तालिमका संयोजक भानुभक्त श्रेष्ठले गर्नुभएको थियो ।
तालिममा दोलखा, रामेछाप र सिन्धुलीका गरि २० जना प्रशिक्षार्थीहरुको सहभागीता रहेको छ । ५ दिन सम्म संचालन हुने तालिमलाई मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका गोविन्द शर्मा तिमल्सिनाले सहजीकरण गर्नुहुनेछ ।
राष्ट्रिय दुग्ध विकास बोर्ड र नेपाल डेरी एसोसिएशन (NDA) को संयुक्त आयोजनामा भएको तालिम यहि फागुन २५ गते समापन हुनेछ ।