हेटौंडाको चौकिटोलमा देवर द्वारा आफ्नै भाउजुको हत्या , दाजुलाई पनि खुकुरी प्रहार

हेटौंडा- मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका वडा नं १ चौकीटोलमा देवरले आफ्नै भाउजुको हत्या गरेको छ । प्रहरीका अनुसार २२ वर्षीय राहुल दासले बुधबार दिउँसो करिब साढे ३ देखि ४ बजेको बीचमा आफ्नी जेठी भाउजु ३५ वर्षीया गुडिया दासको खुकुरी प्रहार गरी हत्या गरेका हुन्।


घटनामा राहुलले आफ्ना माइलो दाइ २८ वर्षीय रुपेश दासलाई पनि खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ । खुकुरी प्रहारबाट घाइते रुपेशको हाल हेटौँडा स्थित मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको बताईएको छ ।


तीन सन्तानकी आमा गुडियाको शव बुधबार राति १० बजेसम्म पनि प्रहरीले उठाएको थिएन। घटनाको अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।


राहुलले किन यस्तो घटना घटाए भन्ने स्पष्ट नभए पनि उनले भाउजुको हत्या गरेको र दाइमाथि सांघातिक आक्रमण गरेको स्वीकारेका छन्।


हेटौँडामा तरकारी तथा फलफूलको थोक बजारमा बुबासँगै व्यवसाय गर्दै आएका रुपेशमाथि आफ्नै भाइले आक्रमण गर्नुको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

मुख्य समाचार