सहकारी दिवसको अवसरमा रक्तदान

१९ चैत, हेटौंडा – ६८ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा बागमती प्रदेश मूल समारोह समितिले मंगलबार हेटौंडामा आयोजना गरेको रक्तदान कार्यक्रममा २३ जनाले रक्तदान गरेका छन् ।

सहकारी दिवस मुल समारोह समितिका संयोजक एंव प्रदेश सहकारी विकास बोर्डका कार्यकारी उपाध्यक्ष नारायणप्रसाद देवकोटाको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा बागमती प्रदेशका सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।

समितिले सोमबार हेटौंडामा ऋण लगानी, असुली र कानूनी कार्यानवयनमा समस्या विषयक अन्तरक्रिया समेत गरेको थियो । त्यस्तै भोली चैत्र २० गते दिवसको दिन विहान प्रभातफेरी गरी सभामा परिणत भई शुभकामना आदान प्रदान गर्नुका साथै पुरस्कार वितरण कार्यक्रम हुने मूल समारोह समितिका कार्यालय सचिव गोविन्द दाहालले बताएका छन् ।

मंगलबार भएको रक्तदान कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका सदस्य बद्रीप्रसाद लम्साल, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव रुद्रप्रसाद लामिछाने, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कल्पना श्रेष्ठ, मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष हरिप्रसाद कडेल, जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष रामहरि न्यौपाने, जिल्ला कृषि सहकारी संघका उपाध्यक्ष रेखा खतिवडा लगायतकाको आतिथ्यता रहेको थियो । कार्यक्रमको सहजीकरण राष्ट्रिय सहकारी बैंक हेटौंडा शाखाका प्रमुख रामेश्वर अर्यालले गर्नुभएको थियो ।

बागमती प्रदेश मुख्य समाचार समाचार