मदन आश्रित वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधी बागमती-२ लाई

बागमती- राष्ट्रिय युवा संघ बागमती गाउँपालिका कमिटीको आयोजनामा भएको वडा स्तरीय मदन आश्रित फुटबल प्रतियोगिताको उपाधी वडा नम्बर २ ले जितेको छ ।

जनता माबीको खेलमैदानमा चैत २० गतेदेखि जारी प्रतियोगिताको सोमबार सम्पन्न वडा नम्बर २ र वडा नम्बर ६ बिच भएको फाइनल खेल निर्धारित समयमा गोलरहित बराबरीमा सकिएको थियो ।

वडा नम्बर ६ लाई पेनाल्टी सुटआउटमा ५-३ गोल अन्तरले हराउदै वडा नम्बर २ ले प्रतियोगिताको उपाधी जितेको हो ।

खेलको सुरुवाती १५ मिनेटमै वडा नम्बर २ का गोलकिप्परले डिबक्स बाहिर बल समाएपछी रेफ्रीले रेड कार्ड दिएका थिए । १० खेलाडीमा सिमित बनेपनी वडा नम्बर २ ले उत्कृष्ट खेल प्रदर्शन गरि खेल गोलरहित बराबरीमा रोक्न सफल भएको थियो ।

प्रतियोगिताको बिजेताले ५० हजार नगद, शिल्ड र प्रमाणपत्र प्राप्त गरेको छ भने उपबिजेता वडा नम्बर ले २५ हजार नगद र प्रमाणपत्र प्राप्त गर्यो ।


म्यान अफ द म्याच वडा नम्बर ६ का धन बहादुर बिकले प्राप्त गरे ।
सर्बोत्कृस्ट खेलाडी बागमती-२ का आकाश राना मगर, बेस्ट डिफेन्डर वडा नम्बर २ अरुण आले, बेस्ट मिडफिल्डर नवीन बोम्जन, हाई स्कोरर वडा नम्बर ६ कुमार लोप्चनले हात पारे । बिजेता, उपबिजेता टोलि तथा खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका पुर्वमन्त्री एवम् प्रदेश सभा सदस्य एका लाल श्रेष्ठले शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरे ।


खेलाडी उत्पादन र प्रोत्साहनमा युवा संघको भुमिकाको पुर्व मन्त्री श्रेष्ठद्वारा प्रशंसा


स्थानीय खेलाडीको प्रोत्साहन गर्दै खेलाडी उत्पादन गर्ने उद्देश्य सहित राष्ट्रिय युवा संघ बागमती गाउँपालिका कमिटीले फुटबल प्रतियोगिताको आयोजना गरेकोप्रती बागमती प्रदेशका पुर्वमन्त्री एवम् प्रदेश सभा सदस्य एका लाल श्रेष्ठले प्रशंसा गरेका छन् ।
बागमती गाउँपालिकाले हरेक बर्ष ५०औं लाख खर्च गरी आयोजना गर्दै आएको खेलकुद प्रतियोगितामा स्थानिय खेलाडीहरु बन्चित बन्नुपरेको र पुरस्कार राशी बाहिर गैरहेको अवस्था देखिएकोमा युवा संघ बागमतीले खेलाडीको भविष्य खोज्दै, खेलाडीमा देखिएको निराशालाई अन्त्य गर्न वडा स्तरीय फुटबल प्रतियोगिता सन्चालन गर्नु आफैमा चुनौतीपुर्ण रहेको बताए । ठूलो चुनौतीका बाबजुत राष्ट्रिय युवा संघले प्रतियोगिता सम्पन्न गराएको र यसले स्थानीय खेलाडी तथा सबै युवाहरुको प्रतिनिधित्व गर्न सफल भएकोको खुशी व्यक्त गरे ।  प्रतियोगिताले स्थानीय स्तरमा खेलाडी उत्पादन र खेलाडी प्रोत्साहनमा ठुलो हौसला थप्ने काम भएको बताए ।

राष्ट्रिय युवा संघ बागमती गाउँपालिका कमिटीका अध्यक्ष अशोक ग्यालनको अध्यक्षतामा भएको समापन कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी सदस्य, बागमती प्रदेश सरकारका पुर्व मन्त्री एवं प्रदेश सभा सदस्य एका लाल श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा नेकपा एमाले बागमती प्रदेश कमिटि सदस्य छिरिङ्ग दोर्जे पाखृन, अणराज जर्गामगर, जिल्ला कमिटी उपसचिव आरती पाठक, जिल्ला कमिटी सदस्य सानू लामा, एमाले बागमती गाउँपालिका अध्यक्ष नर बहादुर घलान, राष्ट्रिय युवा संघ जिल्ला अध्यक्ष राजेश नगरकोटी, बागमती गाउपालिका उपाध्यक्ष फणीन्द्र तिमल्सिना लगाएतको उपस्थिति रहेको थियो ।

प्रतियोगितामा युवा संघले बागमती गाउँपालिकाभित्रका पुर्व खेलाडीहरुलाई समेत प्रमाणपत्रले सम्मान गरेको थियो ।

खेलकुद रोचक समाचार