भारतबाट अतिक्रमित नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता ल्याएरै छाडछु : प्रधानमन्त्री ओली


काठमाडौ/ प्रधानमन्त्री केपी शर्मा ओलीले भारतबाट अतिक्रमित नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता ल्याएरै छाडने घोषणा गर्नुभएको छ ।
अनेमसंघ केन्द्रिय कमिटीको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘अव भारतसँग कुरा गरेर सहमत गराएर सेटिङ गरेरै अतिक्रमित भूमी कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता ल्याउँछु, देशको हितमा, नेपाली जनताको हितमा भारतसँग यस्तो सेटिङ गर्नैपर्छ, गरिरहन्छु ।’

प्रधानमन्त्री ओलिले संसद् विघटन संविधान, गणतन्त्र र राष्ट्रको पक्षमा भएको बताउदै संविधानको धारा ७६ (७) र धारा ८५ अनुसार सिफारिस गरिएको प्रष्ट पार्नुभएको थियो ।
एकताको तीन वर्षसम्म कामै गर्न नसक्ने अवस्थामा पुगेको पार्टीले अहिले गति लिएको ओलीले बताउनुभयो ।

मुख्य समाचार मुख्य समाचार (flash news) राजनीति समाचार