नेकपा मकवानपुरको प्रचण्ड- माधब समुह बैठक: एकलाल श्रेष्ठ सहितलाई पार्टीबाट निष्काशन


हेटौंडा / नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मकवानपुरको प्रचण्ड- माधब समुहको बैठकले पार्टीको विधान र नीति विपरीत काम गरेको भन्दै सात जनालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गर्ने निर्णय गरेको छ ।

प्रचण्ड- माधब समुहको अध्यक्ष मुनु सिग्देलको अध्यक्षतामा बसेको बैठकले नेकपा केपि शर्मा ओलि समूहका जिल्ला अध्यक्ष एकलाल श्रेष्ठ सहित अन्यलाई कारबाही गर्ने निर्णय गरेको हो ।
नेकपामा पदको विवाद चुलिदै जाँदा केन्द्र, जिल्ला तथा वडा सम्म एक समूहले अर्को समूहलाई कारबाही गर्ने प्रक्रिया चलिरहेको छ ।

बैठकले नेकपा ओलि समूहका जिल्ला सचिब लालबहादुर थापा, नगर अध्यक्ष शालिकराम पुडासैनी, सचिब बोलबहादुर कार्की, राक्सिराङ गाउँपालिकाका कमिटी सचिव ओम स्याङ्तान, मनहरी गाउँपालिका कमिटी सचिव हेमलाल उप्रेती, कैलाश गाउँपालिका कमिटी अध्यक्ष बुद्धिबहादुर मोक्तानलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेको जनाएको छ ।


मुख्य समाचार मुख्य समाचार (flash news) राजनीति समाचार