खाँडादेवीको एकीकृत नमुना बस्ती निर्माण सम्पन्न, बागमती प्रदेशका मुख्यमन्त्रीले उद्घाटन गर्नुहुने



रामेछाप / बागमती प्रदेश सरकारले रामेछापको खाँडादेवीमा निर्माण गरेको एकीकृत नमुना बस्तीको निर्माण सम्पन्न भएको छ ।

बागमती प्रदेश सरकारको १ करोड ५० लाख रुपैँया र गाउँपालिकाको ७५ लाख रुपैँया गरी २ करोड २५ लाख रुपैँयाको लागतमा खाँडादेवी गाउँपालिका–३ डफ्काको माझी गाउँमा बस्ती निर्माण भएको हो ।
बस्ती निर्माणका लागि बागमती प्रदेशको कृषि निर्देशनालय मार्फत रकम विनियोजना गरिएको थियो ।

नमुना बस्तीको माघ २४ गते प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गर्नुहुने भएको छ । उद्घाटन कार्यक्रममा प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेल, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाको सहभागिता हुने खाँडादेवी गाउँपालिकाले जनाएको छ ।

एकीकृत बस्तीमा ४२ वटा दुई कोठे घर र शौचालय छन् । त्यस्तै सामुदायीक भवन, खेल मैदान लगायतका संरचना पनि बनेका छन् । स्थानीय माझी समुदायको २६ रोपनी जमिनमा बस्ती बनेको हो ।

सुनकोसी पारि सञ्चालनमा रहेको बीपी मार्ग र निर्माणाधीन मध्यपहाडी मार्गसँगै जोडिएको सो बस्ती माझी संस्कृतिको पर्यटन केन्द्र बन्नसक्ने देखिन्छ ।

प्रदेश समाचार मुख्य समाचार मुख्य समाचार (flash news) समाचार