आधिकारिक भएको दावी गर्दै प्रचण्ड–माधव समूहले निर्वाचन आयोगलाई पत्र बुझायो

काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले आफ्नो समूह नै आधिकारिक भएको दावी गर्दै निर्वाचन आयोगलाई पत्र बुझाएका छन् ।
राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार आधिकारिता दाबी गर्दै अध्यक्षद्धय प्रचण्ड र माधवकुमार नेपाल सहितका नेताहरुले मंगलबार बिहान निर्वाचन आयोगलाई पत्र बुझाएका हुन।

प्रचण्ड–माधव समूह को सोमबार बसेको केन्द्रीय समितिको बैठकले आयोगमा आधिकारिकता दाबी गर्न पत्रसहित जाने निर्णय गरेको थियो ।

प्रतिनिधिसभा विघटनसँगै नेकपाको प्रचण्ड–माधव समूहले केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाएर माधवकुमार नेपाललाई अध्यक्ष चयन गरेको थियो भने ओली समूहले केन्द्रीय कमिटी विस्तार गर्दै त्यही विवरण अध्यावधिक गर्न आयोगलाई पत्रचार गर्‍यो । तर आयोगले ११ माघमा दुबै पक्षको दाबी मानेन ।

Uncategorized मुख्य समाचार मुख्य समाचार (flash news) राजनीति समाचार