अमेरिकी राष्ट्रपति बाइडनद्वारा म्यानमारको सेनाविरुद्ध कदम चाल्ने चेतावनी

काठमाडौं / अमेरिकी नबनिर्वाचित राष्ट्रपति जो बाइडनले म्यानमारमा कु गरेको म्यानमारको सेनाविरुद्ध कदम चाल्ने धम्की दिएका छन् ।

त्यहाको सेनाले सोमबार सम्पूर्ण शासन सत्ता हातमा लिँदै राष्ट्रपति विन मिन्ट, स्टेट काउन्सिलर आङ सान सुकी लगायतका सुकीको पार्टी नेशनल लिग फर डेमोक्रेसीका बरिष्ठ नेताहरूलाई हिरासतमा लिएको छ । साथै एक वर्ष संकटकाल घोषणा गरेको छ ।

राष्ट्रपति बाइडनले म्यानमारको सेनाको सो कदमको कडा शब्दमा विरोध जनाएका छन् । उनले म्यानमारको सत्ता तत्काल छोड्न सेनालाई भनेका छन् । अन्यथा ‘उचित कदम’ चाल्ने बाइडनले चेतावनी दिएका छन् । म्यानमारमा भएको ‘कू’को विश्वभरबाट विरोध भइरहेको छ ।

अन्तराष्ट्रिय मुख्य समाचार मुख्य समाचार (flash news) समाचार