बकैया गाँउपालिका अब “बालमैत्री गाँउपालिका”

हेटौंडा/ मकवानपुरको बकैया गाँउपालिकालाई बालमैत्री गाँउपालिका घोषणा गरीने भएको छ ।
शनिबार गाँउपालिकामा पत्रकार सम्मेलनको आयोजना गर्दे बकैया गाँउपालिकालाई बालमैत्री गाँउपालिका घोषण गर्ने सम्पुर्ण तयारी पुरा भएको गाँउपालिकाका अध्यक्ष दामोदर खनालले बताउनुभयो ।

गाँउपालिकाकाले बालमैत्री स्थानिय शासनका ३९ वटा सुचकहरु मध्ये १९ वटामा सत प्रतिशत र २० वटा सुचकहरुमा ९८ प्रतिशत सफलता प्राप्त गरेको अध्यक्ष खनालले बताउनुभयो । माघ २९ गते बकैया गाँउपालिकालाई बालमैत्री गाँउपालिका घोषणा गरीने गाँउपालिकाका अध्यक्ष खनालले बताउनुभयो ।

गाँउपालिकाकाले बालमैत्री स्थानिय तह घोषणा गर्न अघिल्लो वर्ष ५० लाख र यस वर्ष ८० लाख रुपैया बजेट छुट्याएको गाँउपालिकाकी उपाध्यक्ष सरला बोलखेले बताउनुभयो ।
बकैया गाँउपालिका मकवानपुरको दोस्रो बालमैत्री स्थानीय तह घोषणा हुने भएको हो ।यसअघि मकवानपुरको मनहरी गाँउपालिका बालमैत्री गाँउपालिका घोषण भैसकेको छ ।

प्रदेश समाचार मुख्य समाचार मुख्य समाचार (flash news) समाचार स्थानीय