अग्निप्रसाद सापकोटाले दायर गरेको रिटमा सर्वोच्चले अन्तरिम आदेश जारी गरेन



बिघटित प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतमा आफैं उपस्थित भएर दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।

सरकारले अख्तियार दुरूपयोग अनुसन्धान आयोग लगायत विभिन्न संवैधानिक निकायमा गरेेको नियुक्तिविरुद्ध सभामुखले दायर गरेको रिटमा पहिलो सुनुवाइ गर्दै न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै नियुक्त भएका पदाधिकारीको काम कारबाही रोक्न अस्वीकार गरेको हो।

सर्वोच्चको यो आदेशपछि संवैधानिक निकायमा नियुक्त भएका ३४ जना पदाधिकारीलाई काम गर्ने बाटो खुलेको छ। त्यस्तै, सर्वोच्चले उक्त मुद्दालाई अग्राधिकार भने दिएको छ।

सभामुख सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारी, संवैधानिक परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिना र मुख्य सचिव शंकरदास वैरागी समेतलाई विपक्षी बनाइ शुक्रबार रिट दायर गरेकाथिए ।

मुख्य समाचार मुख्य समाचार (flash news) समाचार